Section 5
विशेषज्ञ सेवा
: (१) नेपाल सरकारले सेवाको प्रकृति, भौगोलिक अवस्था तथा रोगको प्रकोप दरका आधारमा आवश्यकता अनुसार तोकिएका विशिष्टीकृत सेवा उपलब्ध गराउनु पर्नेछ।
(२) सङ्घीय कानूनले तोकेको मापदण्ड बमोजिम प्रदेश सरकारले विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्नेछ।
(३) विशेषज्ञ सेवा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।